16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भूकम्पको कडा झड्का, सर्वसाधारणहरु भागाभाग




भूकम्पको कडा झड्का, सर्वसाधारणहरु भागाभाग

काठमाडौं, ३१ भाद्र । बुधबार बिहानै भूकम्पको कडा झड्का महशुस भएको छ। बिहान ५ः२२ बजे उक्त झड्का महशुस भएको हो । भूकम्पले हल्लाएपछि घरमा सुतिरहेका सर्वसाधारणहरु सडक र तथा खुल्ला चौरमा निस्किएका थिए । 

अमेरिकी भौगर्भिक मापन केन्द्र यूएसजीएसका अनुसार नाम्चे बजार केन्द्र भई ५.४ रेक्टर स्केलको भूकम्प गएको हो । केन्द्रले भूकम्प गएको आधा घण्टापछि गरेको अपडेट अनुसार रामेछाप र सोलुखुम्बुको सीमानामा ५ः६ रेक्टर स्केलको भूकम्प गएको छ । केन्द्रले यसलाई गोर्खा भूकम्प कै पराकम्प भएको जनाएको छ । भूकम्पले क्षति भए नभएको बारे कुनै जानकारी आउन सकेको छैन ।

भूकम्पको धक्का काठमाडौंसहित, भक्तपुर, ललितपुर, नुवाकोट, काभ्रे लगायतका आसपासका जिल्लामा समेत महसुस गरिएको छ ।




यसमा तपाइको मत


Comments