07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प 




सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प 


काठमाडौं, ३१ भदौ । सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो ।

भूकम्पको धक्का उपत्यकासहित आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए । 

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पको क्षतिको विवरण भने आउन बाँकी रहेको छ । 
यता अमेरिकी भौगर्भिक मापन केन्द्र यूएसजीएसले भने नाम्चे बजार केन्द्र भई ५.४ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । 




यसमा तपाइको मत


Comments