08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

माउन्टेन इनर्जीको आईपीओ बिक्री खुला, २० हजार कित्तासम्म आवेदन गर्न पाइने




माउन्टेन इनर्जीको आईपीओ बिक्री खुला, २० हजार कित्तासम्म आवेदन गर्न पाइने

काठमाडौं, ३१ भदौ । माउन्टेन इनर्जी नेपालले स्थगित भएको  आईपीओ बुधबार देखि निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको लागि एक सय रुपैयाँ अंकित दरमा १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको १९ लाख ६८ हजार २७ कित्ता आईपीओ बिक्रीमा ल्याएको हो ।

कम्पनीले साउन २८ गतेदेखि उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गर्ने घोषणा गरेको थियो । तर, स्थानीय देशका अधिकांश स्थानहरुमा बाढी पहिरोको भयावह अवस्था सृजना भएकोमा प्रभावित क्षेत्रमा गएर सेवा प्रदान गर्न नसकिएका कारण सो निष्काशन कम्पनीले स्थगित गरेको थियो । 

कम्पनीले निष्काशन गरेको आइपीओमा स्थानीयले असोज १४ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर विक्री नभए ढिलोमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ ।

आइपीओमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेका छन् । आइपीओमा प्रभावित र अति प्रभावित दुबैले न्युनतम १० कित्तादेखि २० हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउछ ।

कम्पनीले नुवाकोट र म्याग्दी जिल्लाको अति प्रभावितको लागि ६० प्रतिशत र प्रभावितका लागि ४० प्रतिशत शेयर विक्रीमा ल्याएको हो ।

कम्पनीले जारी पूँजीको २० प्रतिशत आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो । सो मध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १९ लाख ६८ हजार २७ कित्ता जारी गर्न लागेको हो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गर्नेछ ।

हेर्नुहोस् 


 




यसमा तपाइको मत


Comments