16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिज अस्ट्रेलियाको जित




इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिज अस्ट्रेलियाको जित

एजेन्सी । इंग्ल्याण्डविरुद्धको एक दिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । बुधबारराति भएको खेलमा इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो । 
इंग्ल्याण्डले दिएको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले अन्तिम ओभरमा २ बल बाँकी छँदा ७ विकेट गुमाएर पुरा गरेको थियो ।

अस्ट्रेलियाको जीतमा एलेक्स केरी र ग्लेन म्याक्सवेल दुवै जनाले शतकीय पारी खेले । केरीले १०६ रन जोड्दा म्याक्सवेलले १०८ रनको योगदान गरे । केरीको पहिलो एक दिवसीय शतक पनि हो ।

७३ रन बनाउँदा ५ विकेट गुमाएको अस्ट्रेलियालाई केरी र म्याक्सवेले २१२ रनको साझेदारी गर्दै जित दिलाउन मद्दत गरेका थिए । इंग्ल्याण्डका जोय रुट र क्रिस वार्कसले समान दुई दुई विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।  इंग्ल्यान्डका ओपनर जोनी बेयरस्टोले शतकीय पारी खेलेका थिए । उनले १ सय १२ रन बनाए ।  अस्ट्रेलियाका मिचेल स्टार्स र एडम जाम्पाले तीन तीन विकेट लिए ।



Related News


यसमा तपाइको मत


Comments