13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लाइन्स क्लब र सहकारीको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन




लाइन्स क्लब र सहकारीको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन

काठमाडौं, १ असोज । कोरोना भाईरस, कोभिड १९ को महामारी र बिद्यमान् बिषम् परिस्थितिका बाबजुद पनि लाइन्स क्लब अफ काठमाडौं रेसुंगा र गोरखकाली बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

संस्थाको कार्याशुभारम्भ साथै प्रारम्भीक साधारणसभाको बिशेष अवसर पारेर उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारी संस्थाका अध्यक्ष मित्रलाल पोखरेलले जानकारी दिए ।

अध्यक्ष पोखरेलले भने, ‘यो हाम्रो सहकारी संस्थाको औपचारीक उद्धघाटन कोभिड–१९ को विषम परिस्थितिको अन्त्य पश्क्चात हुनेछ । हाल हामीले कार्याशुभारम्भ मात्र गरेका हौं । आवश्यक मापदण्ड बमोजिम हामीले यो रक्तदान कार्यक्रमको आयोजना गरेका छौ । अहिले अस्पतालका शैयमा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको कारण हामीले क्लब र यो संस्थाको संयुक्त आयोजनामा यो कार्यक्रममको आयोजना गरेका हौं ।’

‘रक्त दान जीवन दान’ को मूल नारा सहित असोज १ गते बिहान १० बजेदेखि दिउँसो २ः३० बजेसम्म सहकारी संस्थाको कार्यालय परिसर निर्मल बाटिका, टोखा–११ मा भएको रक्तदान कार्यक्रममा ६० जना भन्दा बढी रक्तदाताहरुले रगत दान गरेका छन् । 


उक्त रक्तदान कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोल साथै सम्पूर्ण वडाका प्रतिनिधिहरुको उपस्थितिमा उक्त कार्यक्रमको शुभारम्भ भएको थियो ।

सहकारी संस्थाका सदस्य लगायत अन्य व्यक्तिहरुको उपस्थित रहेको सहकारी संस्थाका सचिव गणेश दाहालले न्यूज आजको डटकमलाई बताए । उनले भने, ‘हाम्रो यो सानो रक्तदान कार्यक्रममा रगत दिएर पुण्य कमाउने काम त भइनै हाल्छ तर उक्त रगतले कयौं नागरीकको ज्यान बाँचेको हुन्छ । तसर्थ सो रक्तदानमा रगत दान गरेर पुण्य कमाउनुहुने सम्पूर्णमा आभार साथै धन्यवाद प्रकट गर्दछु ।’


‘विश्व स्वास्थ्य संगठन, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले तयार गरेको मापदण्ड अनुसार उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । सामाजीक दूरी कायम गर्दै सेनिटाइजर, साबुन पानीले हात धुनेलगायतका सुरक्षित बीधिबाट रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।

रक्तदान कार्यक्रममा सहकारी संस्थाका कार्यसमिति पदाधिकारीहरु, सदस्य लगायत अन्य बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
 





यसमा तपाइको मत


Comments