07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साउदीमा हालसम्म १ हजार १ जनालाई बहिर्गमन भीसा




साउदीमा हालसम्म १ हजार १ जनालाई बहिर्गमन भीसा

काठमाडौं, १ असोज । साउदी सरकारले हालसम्म १ हजार १ जना नेपालीलाई बहिर्गमन भीसा जारी गरेको छ । साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदीस्थित नेपाली राजदूतावासले  साउदी सरकारलाई अनुरोध गरे बमोजिम बहिर्गमन भिषा प्रदान गरेको हो।
यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १,००१ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ । हाल थप नयाँ ५३ जनालाई बहिर्गमन भिषा  प्रदान गरिएको राजदूतावासले जनाएको छ । विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषाका लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने पनि राजदूतावासले जनाएको छ । 
बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्न समेत राजदूतावासले आग्रह गरेको छ । 

नेपाली राजदूतावास समक्ष बहिर्गमन भीसाका लागि आवेदन दिएका केही व्यक्तिकाे (Exit visa) प्राप्त भएको सूचना।
-----------------------------
साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दुतावासले अनुरोध गरे बमाेजिम साउदी सरकारले निम्न उल्लिखित नेपालीहरुकाे नाममा बहिर्गमन भिषा प्रदान गरेकाे छ।
यो प्रकृयाकाे थालनी भएदेखि साउदी सरकारले हालसम्म १,००१ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको छ ।यस मध्ये १ देखि ९४८ सम्मको सूचि यसअघि नै प्रकाशन गरिसकिएको छ । नयाँ Exit visa जारी भएका ५३ जनाकाे नामावली यसैसाथ संलग्न छ।
साथै, विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषा (Exit Visa)का लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा Exit Visa लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने व्यहोरा समेत जानकारी गराइन्छ।
बहिर्गमन भीसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्नु हुन अनुरोध छ।
-------------------------
नेपाली राजदूतावास, रियाद ।
२०७७।०६।०१



Related News


यसमा तपाइको मत


Comments