13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लामो दूरीका यातायात चलेको पहिलो दिन ४ हजार बढी उपत्यका भित्रिए, ५ हजार बढी बाहिरिए




लामो दूरीका यातायात चलेको पहिलो दिन ४ हजार बढी उपत्यका भित्रिए, ५ हजार बढी बाहिरिए


काठमाडौं, १ असोज । ६ महिनादेखि बन्द रहेको लामो दूरीको यातायात सञ्चालन भएको पहिलोदिन  काठमाडौं उपत्यकामा ४ हजार ७५ जना भित्रिएका छन् । 
यस्तै बाहिरिनेको संख्या पाँच हजार ३ सय ३३ रहेको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट ९ सय ४९ जना उपत्यका भित्रिएका छन् भने एक हजार ४ जना बाहिरिएका छन्।

गत चैत ६ गतेयता लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन्। सरकारले  कुनै पनि सार्वजनिक सवारी साधनले सिट क्षमताभन्दा आधा यात्रु चढाउनुपर्ने नियम कडाइसाथ पालन गर्न आग्रह गरेको छ । प्रहरीले ठाउँठाउँमा चेक गर्ने व्यवस्था प्रहरीले मिलाएको छ । साबिक भाडामा ५० प्रतिशत बढाएर लिने तर सिट क्षमताको आधा यात्रु मात्र चढाउने निर्णय सरकारले गरेको हो । साथै यात्रु तथा बसका कर्मचारीले अनिवार्य रूपमा मास्क तथा सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सामाजिक दूरी कायम हुनुपर्ने छ ।




यसमा तपाइको मत


Comments