11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जर्मन फुटबलः सामाजिक दुरी कायम राख्दा ३७ गोल 




जर्मन फुटबलः सामाजिक दुरी कायम राख्दा ३७ गोल 

एजेन्सी । जर्मन फुटबलको ११ औं श्रेणीअन्तर्गतको आइतबारको खेलमा सामाजिक दुरी कायम राख्दा ३७ गोल भएको छ । रिपडोर्फले एसभी होल्डेनस्टेटसँग ३७–० को हार बेहोरेको हो । 
होल्डेनस्टेटको अघिल्लो खेलको प्रतिद्वन्द्वीका एक खेलाडीमा कोरोना संक्रमण देखिएपछि रिपडोर्फले खेल स्थगित गर्न माग गरेको थियो । तर लिगले उक्त प्रस्ताव अस्विकार गरेको थियो । 
खेलमा उपस्थित नभएको भए टोलीले स्वतः हार बेहोरेसंगै आर्थिक जरिवाना पनि बेहोर्ने थियो ।

रिपडोर्फका खेलाडीले होल्डेनस्टेटसँग प्रतिस्पर्धा गर्न नमानेपछि क्लबले सामाजिक दुरी कायम गरेर नै खेल्ने निर्णय लियो । खेलका लागि चाहिने न्युनतम ७ खेलाडीलाई मात्र मैदान पठाएको रिपडोर्फका खेलाडीले बलमा जुध्न गएनन् । खेलको सुरुवातमा बल चलाएर विपक्षीलाई पास दिएपछि रिपडोर्फका खेलाडी मैदानकको एक छेउमा बसेका थिए ।



Related News


यसमा तपाइको मत


Comments