07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

यस्तो छ जनकपुर–जयनगर चल्ने नेपालको रेल(फोटो फिचर)




यस्तो छ जनकपुर–जयनगर चल्ने नेपालको रेल(फोटो फिचर)

काठमाडौं, २ असोज । जनकपुर–जयनगर चल्ने रेल नेपाल आइपुगेको छ । भारतमा निर्माण भएको रेल भारतको जयनगर स्टेशनबाट जनकपुर ल्याईंदैछ । रेल नेपाली भूमि प्रवेश गरेको छ भने आजै जनकपुर आइपुग्ने छ । 

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार नेपालको राष्ट्रिय झण्डा अंकित दुई वटा रेल भारतको बिहारमा रहेको हाजीपुर स्टेसनबाट जयनगर हुँदै जनकपुर ल्याइएको हो । लामो समयदेखि बन्द रहेको रेल जनकपुर आउने निश्चित भएपछि स्थानीयबासिन्दा उत्साहित भएका छन् ।

आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

तस्बिरमा हेर्नुहोस् 

(फोटो: रेल विभागका महानिर्देशक बलराम मिश्रको फेसबुकबाट)




यसमा तपाइको मत


Comments