08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख नाघ्यो, ९ लाख ५० हजारको मृत्यु(अपडेट)




विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ३ लाख नाघ्यो, ९ लाख ५० हजारको मृत्यु(अपडेट)

काठमाडौं, २ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ३ लाख ७२ हजार ५५२ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ५० हजार ९४१ पुगेको छ । विश्वभर २ करोड २० लाख ५७ हजार ४५० जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७३ लाख ६४ हजार १६१ जना रहेका छन् ।

अमेरिकामा कुल संक्रमितको ६८ लाख ७४ हजार ५९६ जना पुगेको छ । २ लाख २ हजार २१३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४१ लाख ५५ हजार ३९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख १७ हजार ३४४ जना रहेका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या ५२ लाख १४ हजार ६७७ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८४ हजार ४०४ पुगेको छ । ४१ लाख १२ हजार ५५१जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १० लाख १७ हजार ७२२ जना रहेका छन् ।
ब्राजिलमा ४४ लाख ५७ हजार ४४३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३५ हजार ३१ को मृत्यु भएको छ । ३७ लाख ५३ हजार ८२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ६९ हजार ३३० जना रहेका छन् ।

रुसमा १० लाख ९१ हजार १८६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार १९५ जनाको मृत्यु भएको छ । ९ लाख १ हजार २०७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७० हजार ७८४ जना रहेका छन् ।
पेरुमा ७ लाख ५० हजार ९८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार १४६ जनाको मृत्यु भएको छ । ५ लाख ९४ हजार ५१३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २४ हजार ४३९ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments