08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कतारमा दुई नेपालीलाई जनही १५ हजार रियालसहित सम्मान




कतारमा दुई नेपालीलाई जनही १५ हजार रियालसहित सम्मान

काठमाडौं, २ असोज । कतारको नासर अल अली इन्टरप्राइजेजले आफ्ना दुई नेपाली कामदारलाई सम्मान गरेको छ ।
आइओएस प्रमाणित कम्पनी नासरले  नजामुद्दिन कवारी र देवप्रसाद राईलाई सम्मान गरेको हो । उनीहरुलाई कम्पनीमा १० वर्षभन्दा बढी आफ्नो समर्पण इमान्दारिता र उत्कृष्ट काम गरेवापत् जनही १५ हजार कतारी रियाल सहित सम्मान गरिएको छ ।
नासर अली अल अली, कम्पनीका मालिक नासर अल अलीले एक कार्यक्रमकाबीच ती कामदारहरुलाई सो नगद हस्तान्तरण गरेका थिए । सन् २००९ मा महोत्तरीबाट कन्स्ट्रक्सन कामदारको रुपमा कतार आएका नजामुद्दिन कवारी छोटो समयमै सो कम्पनीमा ट्रेड वर्कर भइसकेका छन् ।

गरिब परिवारबाट आएका कवारीले सो कम्पनीमा काम गरेर आर्थिक सुधार समेत गरेका छन् । उनले पाएको यो १५ हजार इनाम अव आफनो छोराछोरीको उच्च शिक्षाको लागि खर्च गर्ने बताए । उनका एक छोरा पनि हाल कतारमै रोजगाररत छन् ।

कम्पनीका मालिक नासर अल अली अत्यन्त राम्रो रोजगारदाता भईकन आफनो अविभावक भएको र बताउदै आफु यस कम्पनीमा कामगर्न पाउनु आफ्नो अहोभाग्य भएको कवारीले बताए ।

अर्का १५ हजार इनाम पाउने भाग्यमानी कामदार देवप्रसाद राई पनि २००९ मा सोही कम्पनीमा काम गर्न आएका हुन् । कन्स्ट्रक्सन कामदारको रुपमा आएका निम्न पारिवारिक पृष्ठभूमिका उनी अहिले ट्रेडमा काम गर्नसक्ने दक्ष कामदार भइसकेका छन् ।

नासर अल अली इन्टरप्राइजेजमा आफुले काम गरेर आफनो आर्थिक सुधार गर्न सकेको बताउने राईले कम्पनीको मालिक आफुहरुको अविभावक भएको बताए ।

कम्पनीका मालिक नासर अली अल अलीले आफनो कम्पनीमा काम गरिरहेका कामदारहरुलाई उनीहरुको इमान्दारिता, लगनशिलता र योगदानको मुल्यांकन गर्दै पुरस्कार दिन पाउँदा आफुलाई खुशी लागेको बताउदै उनीहरुको योगदान आफनो कम्पनीमा प्रशंसनीय रहेको बताए ।



Related News


यसमा तपाइको मत


Comments