16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपाको सचिवालय बैठक आज पेरिसडाँडामा बस्दै, ओलीपनि सहभागी हुने




नेकपाको सचिवालय बैठक आज पेरिसडाँडामा बस्दै, ओलीपनि सहभागी हुने

काठमाडौं, ४ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ  । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बस्न लागेको हो। बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पनि सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  बैठकमा स्थायी समिति बैठकले गरेका निर्णयलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल हुने बताइएको छ ।
भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो । तिनै निर्णयहरु कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुन लागेको हो । मन्त्रीमण्डल पुर्नगठन पनि छलफलको एजेण्डामा रहेको छ । सरकारका काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रस्ताव स्थायी समितिले पारित गरेकाले सोही विषयमा सचिवालयमा विस्तृतमा छलफल हुने जनाइएको छ । 
बैठकका लागि सो पार्टी कार्यालयको सबैभन्दा माथिल्लो तलामा बैठक राख्ने तयारी गरिएको छ। सचिवालय बैठकको लागि बिहीबार नै भौतिक दुरी कायम गरेर टेबल, कुर्सी मिलाइसकिएको छ। गत शुक्रवार बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो ।

File photo




यसमा तपाइको मत


Comments