13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रुसले कोरोना भाइरसको पहिलो औषधि फार्मेसीमा बिक्री गर्न दियो स्वीकृति 




रुसले कोरोना भाइरसको पहिलो औषधि फार्मेसीमा बिक्री गर्न दियो स्वीकृति 

एजेन्सी । रुसले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

गत मे महिनामा पनि रुसले ‘एभिफेभिर’ नामक औषधि अस्पतालमा प्रयोग गर्ने अनुमति दिएको थियो । जुन जापानमा निर्माण भएको हो र भाइरल उपचारका लागि अधिक प्रयोग हुने गरेको छ । 

यसरी आर–फर्माको यो घोषणाले भाइरसविरुद्धको उपचार सबैभन्दा पहिले ल्याउने दौडमा, अग्रस्थान हासिल गर्न, रुस वास्तवमै लगातार प्रयास गरिरहेको स्पष्ट पारेको छ । रुसले यसअघि नै कोभिड–१९ का परीक्षणहरु निर्यात गरिसकेको छ भने आफूले निर्माण गरेको ‘स्पट्निक–भी’ खोप आपूर्ति गर्ने सम्बन्धि विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरु पनि हात पारिसकेको छ । 

आर–फर्माले कोभिड–१९ का १६८ बिरामीलाई सहभागी गराइ यसअघि तेस्रो चरणको ट्रायल सञ्चालन गरेको थियो जसपछि नै आधिकारिक स्वीकृति पाएको बताएको छ । योभन्दा अगाडि सो औषधिलाई कोरोना भाइरसको उपचारका निम्ति अस्पतालमा प्रयोग गर्न अनुमति दिइएको सरकारी डाटाले देखाएको छ । 

 रोयटर्स



Related News


यसमा तपाइको मत


Comments