08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो




विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड १२ लाख नाघ्यो

काठमाडौं, ५ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १२ लाख ५४ हजार ६८८ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ६५ हजार १९९ पुगेको छ । विश्वभर २ करोड २८ लाख ३९ हजार १४० जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख ५० हजार ३४९ जना रहेका छन् ।

अमेरिकामा कुल संक्रमितको ७० लाख ४ हजार ७६८ जना पुगेको छ । २ लाख ४ हजार ११८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४२ लाख ५० हजार १४० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ५१० जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ५४ लाख ८७ हजार ५८० पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८७ हजार ९०९ पुगेको छ । ४३ लाख ९६ हजार ३९९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १० लाख ३ हजार २७२ जना रहेका छन् ।
 ब्राजिलमा ४५ लाख ४४ हजार ६२९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३६ हजार ८९५ को मृत्यु भएको छ । ३८ लाख  ५१ हजार २२७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ५६ हजार ५०७ जना रहेका छन् ।
रुसमा ११ लाख ९ हजार ५९५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ४८९ जनाको मृत्यु भएको छ । ९ लाख ११ हजार ९७३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७८ हजार १३३ जना रहेका छन् ।
पेरुमा ७ लाख ६८ हजार ८९५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ३६९ जनाको मृत्यु भएको छ । ६ लाख १५ हजार २५५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २२ हजार २७१ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments