13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थप एक हजार १ सय ५४ जनामा कोरोना संक्रमण, एक हजार ५ जना डिस्चार्ज




थप एक हजार १ सय ५४ जनामा कोरोना संक्रमण, एक हजार ५ जना डिस्चार्ज


काठमाडौं, ५ असोज । पछिल्लो २४ घण्टायता नेपालमा थप एक हजार १ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले थप एक हजार १ सय ५४  जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।  योसँगै संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । यस्तै सोमबार देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६११ पुगेको छ । 
थप एक हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७२ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख २३ हजार ८२३ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ८ हजार ९२१ जना र होम आइसोलेसनमा ८ हजार ६९० जना रहेका छन् । आजसम्म देशभर ७ हजार ४०३ जना क्‍वारेन्टिनमा रहेका छन् । 
देशभर ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर १९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 




यसमा तपाइको मत


Comments