13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४ सय २७ पुग्यो




कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु, मृतकको संख्या ४ सय २७ पुग्यो

काठमाडौं, ५ असोज । कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १६ जनाको मृत्यु भएको पुष्टि गरे ।  

मृत्यु हुने पुरुषमा झापाका ७२ वर्षीय, सुनसरीका ४९ वर्षीय, पर्साका ८८ वर्षीय, भक्तपुरका ८४ र ६२ वर्षीय, काठमाडौंका ५८ र ७३ वर्षीय, मकवानपुरका ६८ वर्षीय, ललितपुरका ६१ वर्षीय, चितवनका ५५ वर्षीय, रुपन्देहीका ६७ वर्षीय तथा बाँकेका ५० र ५९ वर्षीय छन्।

त्यस्तै महिलामा मकवानपुरकी १७ वर्षीया, ललितपुरकी ५८ वर्षीया र दोलखाकी ५२ वर्षीयाको मृत्यु भएको छ।
यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

File photo




यसमा तपाइको मत


Comments