16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वामदेवको मनोनयनविरुद्ध सर्वोच्चमा रिट 




वामदेवको मनोनयनविरुद्ध सर्वोच्चमा रिट 

काठमाडौं, ५ असोज । नवनियुक्त राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको नियुक्ति असंवैधानिक भन्दै बदरको मागसहित निवेदन दर्ता गराएका हुन्। सर्वोच्चले सो रिटमाथि सुनुवाइ गर्न बुधबारका लागि पेसी समेत तोकेको छ। 
 रिटको असोज ७ गते सुनवाई हुने भएको छ । निवेदनमा गौतमलाई मनोनयनका लागि मन्त्रिपरिषदले गरेको सिफारिस नै बदनियतपूर्ण एवं दुरासयपूर्ण हुनुका साथै संबिधान विपरित रहेको दावी गरिएको छ ।

रिट निवेदकले निवेदनको टुंगो नलागेसम्म गौतमलाई राष्ट्रिय सभाको हैसियतले कुनै कार्य नगराउन र निजलाई मन्त्रिमण्डलमा समेत सामेल नगराउन सर्वोच्च अदालतको नियमावली बमोजिम अन्तरिम आदेश समेत जारी गर्न माग गरेका छन् ।
बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई रिक्त रहेको एक कोटामा राष्ट्रिय सभामा मनोनयन गरेकी थिइन्। उनले राष्ट्रियसभा सदस्यका लागि सपथसमेत लिइसकेका छन्। 




यसमा तपाइको मत


Comments