08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हराएको सवारी लाइसेन्सको सिफारिस बनाउन अनलाइनबाटै फारम भर्न सकिने 




हराएको सवारी लाइसेन्सको सिफारिस बनाउन अनलाइनबाटै फारम भर्न सकिने 

काठमाडौं, ५ असोज । हराएको सवारी चालक अनुमति पत्र (लाइसेन्स), सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन घरबाटै अनलाइन फाराम भर्न सकिने भएको छ ।

ट्राफिक महाशाखाले महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउन, सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई पनि मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा सोमबारबाट यस्तो व्यवस्था गरेको हो । 

महाशाखाका प्रमुख एसएसपी भिम ढकालले हराएको लाइसेन्स, बिलबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको जानकारी गराए । उनले दैनिक दुई सयको हाराहारीमा सेवाग्राहीले महाशाखामा हराएको सिफारिसको लागि आवेदन दिने गरेको जानकारी समेत दिए। यो प्रणाली सुरु भएसँगै ट्राफिक कार्यालय गएर लाइन बसेर निवेदन दिने र सिफारिस रिपोर्ट लिने दिनको अन्त्य भएको छ र सेवाग्राहीले घरमै बसेर सिफारिस रिपोर्ट लिन सकिने बताए।

सिफारिस रिपोर्ट आवश्यक पर्ने व्यक्तिले अब ट्राफिक प्रहरीको वेबसाइट मा गएर फर्म भर्नुपर्ने हुन्छ। वेबसाइट खोलेपछि दायाँतर्फ लस्ट डकुमेन्टस एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ। त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्न सक्नेछन् । 




यसमा तपाइको मत


Comments