15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते बस्ने




कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज १९ गते बस्ने

काठमाडौं, ५ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज १९ गते बस्ने भएको छ । 
बैठक असोज १९ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठक पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा केन्द्रित हुने छ ।

कांग्रेसले बैठक अघि पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको कोरोना परीक्षण पनि गर्ने भएको छ । केन्द्रीय कार्यालयले कोरोना परीक्षणका लागि असोज १५ गते बिहान ११ बजेबाट ३ बजेसम्म सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन आग्रह गरेको छ । 




यसमा तपाइको मत


Comments