08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै




नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै

काठमाडौं, ६ असोज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आजको लागि बोलाइएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक मंगलबार मध्यान्ह साढे १२ बजे बालुवाटारमा बस्ने जानकारी दिएका हुन्। 

यसअघि आइतबार सचिवालयको बैठक पहिलोपटक पार्टी कार्यालय पेरिसडाँडामा बसेको थियो। अर्को बैठक सोमबार दिउँसो १ बजे पेरिसडाँडामै बस्ने तय भए पनि गृहकार्य नपुगेको भन्दै स्थगित भएको थियो । 

नेकपा गठन भएयता सचिवालय तथा स्थायी कमिटीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरेको थियो। केही पटक पार्टी कार्यालय धुम्बाराहीमा बसेको भए पनि तत्कालीन माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा भने बैठक बसेको थिएन।
 आईतबार बसेको बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।
आज पनि  यिनै एजेण्डामा छलफल हुने जनाइएको छ । 

 




यसमा तपाइको मत


Comments