11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर ३ करोड १५ लाखबढी कोरोना संक्रमित




विश्वभर ३ करोड १५ लाखबढी कोरोना संक्रमित

काठमाडौं, ६ असोज ।  विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड १५ लाख ४ हजार ३२२ पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ६९ हजार ७५२ पुगेको छ । विश्वभर २ करोड ३१ लाख ३२ हजार १२ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख २ हजार ५५८ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमितको ७० लाख ४६ हजार २१६ जना पुगेको छ । २ लाख ४ हजार ५०६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४२ लाख ९९ हजार ५२५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ४२ हजार १८५ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ५५ लाख ६२ हजार ६६३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ हजार ९६५ पुगेको छ । ४४ लाख ९७ हजार ८६७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ७५ हजार ८३१ जना रहेका छन् ।
संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ४५ लाख ६० हजार ०८३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३७ हजार ३५० को मृत्यु भएको छ । ३८ लाख  ८७ हजार १९९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ३५ हजार ५३४ जना रहेका छन् ।
रुसमा ११ लाख १५ हजार ८१० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ६४९ जनाको मृत्यु भएको छ । ९ लाख १७ हजार ९४९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७८ हजार २१२ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments