15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पुरुष क्रिकेटरको पारिश्रमिक बढ्यो




पुरुष क्रिकेटरको पारिश्रमिक बढ्यो


काठमाडौं, ६ असोज । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेटरको तलब बढाउँदै सन् २०२० का लागि नयाँ ग्रेड निर्धारण गरेको छ। चितवनमा मंगलबार बसेको क्यानको बोर्ड बैठकले पुरुष खेलाडीको तीन वटा ग्रेड कायम राख्दा प्रत्येक ग्रेडको ५÷५ हजार रुपैयाँका दरले तलब बढाउने निर्णय गरेको छ।

क्यानको निर्णयअनुसार ग्रेड ‘ए’मा रहेका क्रिकेटरले मासिक ५० हजार, ग्रेड‘बी’ का क्रिकेटरले मासिक ४० हजार र ग्रेड‘सी’ का क्रिकेटरले मासिक ३० हजार रुपैयाँ पाउनेछन्।

क्यानले पहिलो श्रेणीमा ८ खेलाडीलाई समावेश गरेको छ। दोस्रो श्रेणीमा चार खेलाडी छन् भने तेस्रो श्रेणीमा ६ खेलाडी परेका छन्। जससँगै सन् २०२० मा क्यानको सम्झौतामा १८ जना पुरुष खेलाडी रहनेछन्।

यस्तै क्यानले महिला क्रिकेटरलाई पहिलो पटक मासिक तलब उपलब्ध गराउने निर्णय गरेको छ । महिला क्रिकेटरको पनि तीन श्रेणीमा वर्गिकरण गरिएको छ। 

क्यान बोर्ड बैठकका निर्णय विस्तृतमा :

पुरुष खेलाडी वर्गिकरण

(ग्रेड ए - मासिक ५० हजार, बी ग्रेड- मासिक ४० हजार, बी ग्रेड- मासिक ३० हजार)

ग्रेड ए- पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, शरद भेषवाकर, करण केसी, बसन्त रेग्मी,दिपेन्द्रसिंह ऐरी, विनोद भण्डारी

ग्रेड बी- सुसन भारी, सोमपाल कामी, आरिफ शेख, पवन सर्राफ

ग्रेड सी- सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रासिद खान, अविनाश बोहोरा, कमलसिंह ऐरी

महिला खेलाडी वर्गिकरण

(ग्रेड ए- मासिक १५ हजार, बी ग्रेड- मासिक १२ हजार, बी ग्रेड- मासिक १० हजार)

ग्रेड ए- रुबिना क्षेत्री (बेलबासे), नेरी थापा, इन्दु बर्मा, सिता राना मगर, करुणा भण्डारी

ग्रेड बी- ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दू रावल, कविता जोशी, रितु कनौजिया, काजल श्रेष्ठ, सरिता मगर

ग्रेड सी- कविता कुँवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अन्जली चन्द, शोभा आले

क्यानको साधारण सभा- असोज २८ गते गर्ने निर्णय, सम्भव भएसम्म भौतिक रुपमा उपस्थित भएर गरिने, सम्भन नभए भर्चुअल रुपमा गरिने, साधारण सभाका लागि राष्ट्रिय खेलकुद परिषद्सँ‌ग अनुमति माग्दै समन्यव गरिने।

घाइते क्रिकेटर ललितसिंह भण्डारीको सम्बन्धमा- मोटरसाइकलमा सवार ललितलाई ठक्कर दिने ट्रक मालिकसँग उपचार खर्च लिन पहल गरिने, नेपाल पुलिस क्लबसँग पनि समन्वय गर्ने, आवश्यक सबै सहयोग गर्न क्यान तयार।

पारस खड्कालाई दिइने भनिएको टोयटा कारका लागि पहल- पूर्व कप्तान पारस खड्कालाई सन् २०१४ को टी-२० विश्वकपपछि प्रदान गर्ने भनिएको टोयटा कार दिलाउन र कर छुटका लागि पहल गरिने

राष्ट्रिय टिमको प्रशिक्षण- राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षणका लागि सम्बन्धित पक्षसँग अनुमति लिँदै छिट्टै सुरु गरिने।

सिरिजका लागि अह्वान गर्ने- क्यानले नेपालसँग खेल्न इच्छुक देशलाई क्रिकेट सिरिज खेल्न अह्वान गर्ने।

खेलाडी बीमा- राष्ट्रिय क्रिकेटरको बीमा गर्ने मोडालिटी तयार पार्न उपसमिति गठन।

टमटालाई ए ग्रेडको तलब- सन् २०१८ र २०१९ मा सी ग्रेडको तलब पाउने भनिएका राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटालाई दुवै वर्ष ए ग्रेडका खेलाडीले पाउने सरह तलब प्रदान गरिने।



Related News


यसमा तपाइको मत


Comments