16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर २ करोड ३४ लाखबढी कोरोना संक्रमणमुक्त(अपडेट)




विश्वभर २ करोड ३४ लाखबढी कोरोना संक्रमणमुक्त(अपडेट)

काठमाडौं, ७ असोज । विश्वभर कोरोना भाइरस संक्रमितमध्ये २ करोड ३४ लाख बढी कोरोना संक्रमणमुक्त भएका छन् । वर्ल्डोमीटरका अनुसार विश्वभर २ करोड ३४ लाख ४ हजार ४७३ जना उपचारपछि निको भएका छन् ।  विश्वमा कुल संक्रमितको संख्या ३ करोड १७ लाख ९३ हजार ७९० पुगेको छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ९ लाख ७५ हजार ६१९ पुगेको छ । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ७४ लाख १३ हजार ६९८ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमितको ७० लाख ९८ हजार २९१ जना पुगेको छ । २ लाख ५ हजार ४७८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ४३ लाख ४७ हजार १७२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २५ लाख ४५ हजार ६४१ जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ५६ लाख ५० हजार ५४० पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९० हजार ७७ पुगेको छ । ४५ लाख ८७ हजार ६१३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९ लाख ७२ हजार ८५० जना रहेका छन् ।
ब्राजिलमा ४५ लाख ९५  हजार ३३५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ३८ हजार १५९ को मृत्यु भएको छ । ३९ लाख  ४५ हजार ६२७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५  लाख ११ हजार ५४९ जना रहेका छन् ।
रुसमा ११ लाख १५ हजार ८१० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १९ हजार ६४९ जनाको मृत्यु भएको छ । ९ लाख १७ हजार ९४९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ७८ हजार २१२ जना रहेका छन् ।
कोलम्बीया ७ लाख ७७ हजार ५३७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २४ हजार ५७० जनाको मृत्यु भएको छ । ६ लाख ५० हजार ८०१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख २ हजार १६६ जना रहेका छन् ।
पेरुमा ७ लाख ७६ हजार ५४६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ५८६ जनाको मृत्यु भएको छ । ६ लाख २९ हजार ९४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८६६ जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments