15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीलाई कारबाही 




समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदार कम्पनीलाई कारबाही 

काठमाडौं, ७ असोज । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समयमै काम सम्पन्न नगर्ने दुई ठेकेदारको ठेक्का रद्द गरेको छ। आयोजनाले चाबहिल–जोरपाटी–साँखु र ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक निर्माणका लागि दिएको ठेक्का तोडेको हो।
आयोजनाले चाबहिल–जोरपाटी–साँखु सडक विस्तारको ठेक्का पाएको युनाइटेड विल्डर्स एन्ड इन्जिनियर्स प्रालि र ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक विस्तारको ठेक्का पाएको दिवा–शैलुङ जेभीसँग भएको ठेक्का तोडिएको जनाएको छ । 

ठेकेदार कम्पनीहरुले आयोजना निर्माण कार्यको सम्झौता सर्त अनुसार प्रगति नगरेको, कोभिड–१९ का कारण देखाइ थप मागिएको समयमा समेत कार्यसम्पन्न गर्नेतर्फ कुनै ठोस चासो नदेखाएकाले ठेक्का तोडिएको सूचना आयोजनाले जारी गरेको छ। आफूलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र आयोजना कार्यालयमा उपस्थित हुन पनि आयोजनाले भनेको छ। 

हेर्नुहोस् 




यसमा तपाइको मत


Comments