06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ग्राहकले अब १ दिन र ३० दिनको प्याकबाट टिकटक वा फेसबुकको मजालिन सक्ने




ग्राहकले अब १ दिन र ३० दिनको प्याकबाट टिकटक वा फेसबुकको मजालिन सक्ने

काठमाडौं, ७ असोज । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि टिकटक र फेसबुकका लागि नन्स्टप अफरहरु ल्याएको छ। 

आफ्ना ग्राहकका लागि टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको कम्पनीले जनाएको हो। ‘प्लस’ थिमअन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि संचालनमा आएका छन्। ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उदेश्य लिएको कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो आवश्यकताअनुसार एक दिन वा ३० दिनको समयसीमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन्। ग्राहकले मात्र रु २५ (कर सहित ३१.९२) रूपैयाँमा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन्।

त्यस्तै ग्राहकले ३६० (कर सहित ४५९.६८) रूपैयाँमा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफूले लिएको प्याकको समयसीमा बाँकी रहेसम्म नन्स्टप रुपमा यसको फाइदा लिन सक्छन्। यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्न सक्नेछन्। 

एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स १ ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशनअनुसार नन्स्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सकिनेछ। ग्राहकले एनसेल एप तथा डिजिटल वालेट सेवा प्रदायकहरु जस्तै खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत आफुलाई मनपर्ने प्याक सुचारु गर्न सकिने कम्पनीले जनाएको छ। 

नन्स्टप अफरहरुअन्तर्गत एनसेलले सात दिनको समयसिमा रहेको नन्स्टप टिकटक, फेसबुक वा युट्युब प्याक १०० (कर सहित १२७.६९) रूपैयाँमा र युट्युब र फेसबुकको कम्बो प्याक १५० (कर सहित रु १९१.५४) रूपैयाँमा प्रदान गर्दै आएको छ। यसै योजनामा ग्राहकले सात दिनको प्याकमा ४ जीबी र ३० दिनको प्याकमा ६ जीबी थप डेटा इन्टरनेटमा अन्य प्रयोजनका लागि प्रयोग गर्न बोनसको रुपमा पाउँदै आएका छन्। 

साथै सात दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्ने ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ। यी प्याक सुचारु गर्ने ग्राहकले हरेक दिन ५०० एमबीको दरले ७ दिनसम्म २० (कर सहित २५.५४) रूपैयाँमा ३५०० एमबी  थप फोरजी डेटा लिन सकिने कम्पनीले जनाएको छ। उक्त डेटा ग्राहकले टिकटक, फेसबुक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन्।



Related News


यसमा तपाइको मत


Comments