13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपालमा थप १ हजार १७२ जनामा कोरोना संक्रमण, हालसम्म १७ हजार ४१४ सक्रिय संक्रमित




नेपालमा थप १ हजार १७२ जनामा कोरोना संक्रमण, हालसम्म १७ हजार ४१४ सक्रिय संक्रमित

काठमाडौं, ७ असोज । नेपालमा बुधबार थप एक हजार १ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले  पछिल्लो २४ घण्टायता थप एक हजार १७२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । नेपालमा हाल कुल संक्रमितको संख्या ६७ हजार ९०४ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ । 

बुधबार थप एक हजार ८९३ जना विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ४९ हजार ९५४ जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार ४४९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ४४ हजार ४७४ जनाको पीसीआर परीक्षण गरिएको छ ।  

देशभरका संस्थागत आइसोलेसन ८ हजार २२८ जना र होम आइसोलेसनमा ९ हजार १८६ जना रहेका छन् । आजसम्म देशभर ७ हजार १०४ जना क्‍वारेन्टिनमा रहेका छन् ।  देशभर  जनाको ४३ भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२० जना आईसीयूमा राखेर उपचार भइरहेको छ । 




यसमा तपाइको मत


Comments