16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

स्याङ्जामा पहिरोले घर परिँदा ८ जनाको मृत्यु, दुई जनाको सनाखत हुन बाँकी




स्याङ्जामा पहिरोले घर परिँदा ८ जनाको मृत्यु, दुई जनाको सनाखत हुन बाँकी

स्याङ्जा, ७ असोज । स्याङ्जामा पहिरोले घर पुरिँदा ८ जनाको ज्यान गएको छ । भारि वर्षासँगै आएको पहिरोले घर पुरेको हो । पहिरोले घर पुरिँदा स्याङ्जाको वालिङ नगरपालिका–१४, तमादीमा ७ जनाको मृत्यु भएको छ भने कालिगण्डकी गाउँपालिका–४, गौतमडाँडाँमा एक जनाको मृत्यु भएको छ ।

वालिङमा माया नेपालीको पहिरोले घर पुरिँदा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा २८ वर्षीया उमाकला नेपाली, ४८ वर्षीया माया नेपाली, ३० वर्षीय दीपक नेपाली, ६० वर्षीया सानी नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् । त्यस्तै कालिगण्डकी गाउँपालिका १६ वर्षीय विष्णु दमाईको पुरिएर मृत्यु भएको छ । सुतिरहेको बेला बिहीबार बिहान घरमाथिबाट खसेको पहिरोले घर भत्काउँदा बाबुराम परियारका छोरा विष्णुको ज्यान गएको प्रहरीले जनाएको छ । मृत्यु भएका अन्य दुई जनाको भने सनाखत हुन बाँकी रहेको छ ।  



Related News


यसमा तपाइको मत


Comments