07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

स्याङ्जा पहिरोमा एकै परिवारका ९ सहित १० जनाको मृत्यु(अपडेट)




स्याङ्जा पहिरोमा एकै परिवारका ९ सहित १० जनाको मृत्यु(अपडेट)


स्याङ्जा, ८ असोज ।  अबिरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा स्याङ्जामा एकै परिवारका ९ जनासहित थप १० जनाको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–१४ मा पहिरो जाँदा एकै घरका मृत्यु हुने ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा माया नेपाली, सेनु नेपाली, दिपक नेपाली, कुलदिप नेपाली, विनिता नेपाली, विनिता नेपालीको छोरा, शिशिर नेपाली र रुपा नेपाली रहेका प्रहरीले जनाएको छ । त्यसैगरी कालिगण्डकी–४, गौतमडाडामा पनि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय विष्णु दमाई रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । योसँगै स्याङजामा पहिरोबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

 उनीहरुसँगै पहिरोमा पुरिएकी १६ वर्षीया मनिषा नेपालीलाई जीवितै उद्धार गरिएको छ । उनको थप उपचारका लागि पोखरा लगिएको छ । वालिङ १४ तमादीमा बिहीबार बिहान घर माथिबाट पहिरो झर्दा माया परियारको घर पुरिएको थियो ।



Related News


यसमा तपाइको मत


Comments