07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आईपीएलमा कोलकातालाई हराउँदै दिल्ली शीर्ष स्थानमा




आईपीएलमा कोलकातालाई हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ। शनिबार राति भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गर्दै दिल्ली शिर्ष स्थानमा उक्लिएको हो । २२९ रनको लक्ष्यमा पछ्याउँदै ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा २१० रन बनायो। नितिश रानाले ३५ बलमा ५८, इयोन मोर्गनले १८ बलमा पाँच छक्का र एक चौकाको मद्दतमा ४४, राहुल त्रिपाठीले १६ बलमा ३६ र शुबमन गिलले २८ रन बनाएपनि कोलकत्तालाई हारबाट जोगाउन सकेनन्। बलिङतर्फ एनरिच नोर्टजेले तीन विकेट लिदा हर्षल पटेलले दुई विकेट लिए।

शारजाह क्रिकेट रंगशालामा यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा चार विकेटको क्षतिमा २२८ रन बनाएको थियो। दिल्लीका लागि कप्तान श्रेयस ऐयरले मात्र ३८ बलमा ६ छक्का र सात चौकाको मद्दतमा अविजित ८८ रन बनाए। त्यस्तै, पृथ्वी शावले ६६, रिषभ पन्तले ३८ र शिखर धवनले २६ रनको योगदान दिए। पहिलो विकेटका लागि पृथ्वी र शिखरले ५६ रनको साझेदारी गर्दा दोस्रो विकेटका लागि पृथ्वीले कप्तान श्रेयससँग ७३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याएका थिए। त्यसपछि कप्तान श्रेयसले रिषभसँग ७२ रनको साझेदारी गर्दा दिल्लीले कोलकत्ताविरुद्ध विशाल लक्ष्य प्रस्तुत गर्‍यो। जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।



Related News


यसमा तपाइको मत


Comments