07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते   




 दुर्घटनामा दुईको मृत्यु, तीन जना गम्भीर घाइते   

मकवानपुर, १८ असोज । मकवानपुरको भीमफेदी गाउँपालिका– गढीमा आइतबार दिउँसो सुमो दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।     
हेटौँडाबाट भीमफेदीतर्फ जाँदै गरेको ना १ ज ४१०६ नम्बरको सुमो सडकबाट करिब डेढ सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । 
मृतकको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनका अनुसार उक्त दुर्घटनामा परी सुमो चालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । उक्त सुमोमा चालकसहित आठ जना सवार थिए ।     



Related News


यसमा तपाइको मत


Comments