13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

धादिङमा मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु




धादिङमा मिनी ट्रक दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, २० असोज । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ स्थित बेतिनीमा मंगलबार भएको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित २ जनाको मृत्यु भएको छ । सवारी धनी गम्भिर घाइते भएका छन्  । लपाङ्गफेदीबाट गिट्टी लिएर कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको ट्रक सडक भास्सिएर करिब ४ सय मिटर तल खसेको छ । मृत्यु हुनेमा ट्रक चालक गंगाजमुना ३ का २७ वर्षीय बेगबहादु तामाङ र ट्रकमा सवार नेत्रावती डबजोङ ४ का ६६ वर्षीय दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । २ जनाको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

सवारी धनी नेत्रावती डबजोङ २ का ५८ वर्षीय रामबहादुर तामाङलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौंको ट्रमा सेन्टरमा ल्याइएको छ । 



Related News


यसमा तपाइको मत


Comments