08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आइपीएलमा  राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा




आइपीएलमा  राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा

एजेन्सी । इन्डियन प्रिमिय लिग क्रिकेट आइपीएलमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा पुगेको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएपछि राजस्थानले १ सय ९४ रनको लक्ष पाएको थियो । जितका लागि मुम्बईका सूर्यकुमार यादवले अविजित रहँदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे ।

हार्दिक पाण्डेले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौंथो जित हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ ।



Related News


यसमा तपाइको मत


Comments