06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जाजरकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक जना वेपक्ता 




जाजरकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु, एक जना वेपक्ता 

काठमाडौं, २१ असोज । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हृुँदा ६ जनाको मृत्यु भएकाे छ । सदरमुकाम खलंगाबाट जुनीचाँदेको परालेका लागि हिँडेको भे १ ज ९३५ नम्बरको जीप जुनीचाँदे–१ औलखोलामा बुधबार दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा वडाअध्यक्षसहित ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने एक जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा जुनीचाँदे गाउँपालिका–११ का वडाध्यक्ष अमरबहादुर शाही, महेन्द्र माध्यामिक विद्यालय कोर्ताङका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृतिबहादुर शाही, प्राथमिक स्वास्थ्य केन्द्रका अहेबद्वय खेमराज शाही र कृष्णबहादुर शाही रहेका छन् । यस्तै, अन्दाजी ३५ वर्षीया मालिका बस्नेतको पनि दुर्घटनामा मृत्यु भएको छ । मृतकमध्ये एकजना पुरुषको सनाखत हुन बाँकी छ । जीप सडकबाट खोलामा खसेको छ ।  दुर्घटनामा परेका लालबहादुर बुढा बेपत्ता छन् भने नरबहादुर बुढा घाइते भएका छन्  । उनलाई उपचारका लागि सुर्खेत लगिएको छ । 



Related News


यसमा तपाइको मत


Comments