07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आइपिएलमा कोलकाताको सानदार जित




आइपिएलमा कोलकाताको सानदार जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सको सानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा कोलकाताले चेन्नाई सुपर किंग्सलाई १० रनले पराजित गरेको हो।
अबुधावीमा १६८ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १५७ रन मात्रै बनाउन सकेपछि कोलकाताले  जित निकालेको हो। चेन्नाईका ओपनर सेन वाटसनले ५० रन बनाए। त्यस्तै, आम्बती रयुडुले ३० र रविन्द्र जडेजाले अविजित २१ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १६७ रन बनाएको थियो। कोलकाताको मध्यम लक्ष्यमा ओपनर राहुल त्रिपाठीले ८१ रन बनाए। सुनिल नारिने र पट कुम्मिन्सले समान १७–१७ रन जोडे। बलिङतर्फ चेन्नाईका ड्वारेन ब्राभोले तीन विकेट लिदा कर्ण शर्मा, सार्दुल ठाकुर साम कुरनले समान २–२ विकेट लिए।

जितसँगै कोलकाताले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै ६ अंक बनाएको छ। 



Related News


यसमा तपाइको मत


Comments