12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

साउदीमा हालसम्म १,०९४ नेपालीहरुलाई बहिर्गमन भीसा




साउदीमा हालसम्म १,०९४ नेपालीहरुलाई बहिर्गमन भीसा

काठमाडौं, २३ असोज । साउदीमा हालसम्म १ हजार ९४ जना नेपालीले बहिर्गमन भीसा पाएको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ । दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीलाई स्वदेश फर्काउन वहिर्गमन भीसा जारी गरिएको हो । 

यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १,०९४ जना नेपालीहरुलाई बहिर्गमन भीसा जारी गरेको राजदूतावासले जनाएको छ । 
दूतावासले विभिन्न व्यक्तिहरुले झुठा विवरण दिई दूतावास समक्ष वहिर्गमन भिषाका लागि राहदानी तथा ईकामा पेश गरे अनुरुप दूतावासको सिफारिसमा बर्हिगमन भिसा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयं नै जम्मेवार हुनुपर्ने समेत बताएको छ । 



Related News


यसमा तपाइको मत


Comments