08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आईपीएलमा बैंग्लोरको चौथो जित, आज दुई खेल हुँदै




आईपीएलमा बैंग्लोरको चौथो जित, आज दुई खेल हुँदै

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराएको छ । 
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार राति भएको खेलमा बेङ्ग्लोरले दिएको १ सय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनायो । 

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । बेङ्ग्लोरका लागि क्रिस मोरिसले ३ विकेट लिए ।वासिङ्गटन सुन्दरको नाममा २ विकेट रह्यो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्ग्लोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे । यस्तै देवदूत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रनमा आउट हुँदा एबी डी भिलियर्स शून्य रनमा आउट भए ।

चेन्नईका सार्दुल ठाकुरले २ तथा साम करण र दिपक चाहरले १÷१ विकेट लिए । जितसँगै बेङ्ग्लोर तालिकाको चौथो स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौ‌ँ स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक जोडेको छ ।
यसैबीच आईपीएलमा आज २ खेलहरु हुँदैछन् । दिउँसो पौने चार बजेदेखि सुरु हुने पहिलो खेलमा दुई अस्ट्रेलियाली स्टार खेलाडीले नेतृत्व गरेका राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्नेछन् ।

साँझा पौने ८ बजेदेखि सुरु हुने दोस्रो खेल बुहुपतीक्षित हुनेछ । दिल्ली क्यापिटल्स र मुम्मई इन्डियन्स यस सिजन अंकतालिकाको शीर्ष २ स्थानमा छन् र दुवै टोली उच्च लयमा देखिन्छन् ।



Related News


यसमा तपाइको मत


Comments