16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विदेशमा कोभिड–१९ः थप १७ नेपालीको निधन




विदेशमा कोभिड–१९ः थप १७ नेपालीको निधन

काठमाडौं, २५ असोज। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा.संजीव सापकोटाका विदेशमा विगत ९ महिनामा नेपाल बाहेक १८ देशका २ सय ८१ जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ । संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।
गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझ सम्म ४२ देशका ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन् । ती मध्ये ३६ हजार ६ सय ७३ जना नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएका छन् । संक्रमित नेपाली मध्य ८९ प्रतिशत कोरोना मुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
 



Related News


यसमा तपाइको मत


Comments