08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आइपीएलमा मुम्बई इन्डियन्सको पाँचौं जित




आइपीएलमा मुम्बई इन्डियन्सको पाँचौं जित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पाँचौं जित निकालेको छ । यूएईमा आइतबार राति भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै मुम्बईले पाँचौंं जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादवले अर्धशतकीय पारी खेले । दुवै खेलाडीले समान ५३ रन बनाएर आउट भए । यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डेय १२ रनमा अविजित रहँदा केइरन पोलार्ड ११ रनमा अविजित रहे । दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १÷१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो । जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ ।दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । यसैबीच आईपीएल क्रिकेटमै आइतबारकै पहिलो खेलमा राजस्थान रोयल्सले तेस्रो जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ५ विकेटले पराजित गर्दै राजस्थानले तेस्रो जित निकालेको हो ।



Related News


यसमा तपाइको मत


Comments