07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

देशको पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली




देशको पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली

काठमाडौं, २६ असोज । देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहे पनि अन्य क्षेत्रको मौसम भने सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बंगालको खाडीको पश्चिम–मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र रहेको छ । सो निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने छ ।

अहिले पहाडी भू–भागमा आंशिक बदली रहेको छ । देशका अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदल विभूती पोख्रेलले जानकारी दिएकी छन् । उनका अनुसार मनसुनी गतिविधि त्यति सक्रिय नरहे पनि नेपालबाट मनसुन बाहिरिसकेको भने छैन ।

सोमबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहनेछ । प्रदेश १ को पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली भएर बाँकी पहाडी भू–भागहरूमा आंशिक बदली रहने छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

हाल बंगालको खाडीको पश्चिम-मध्य भागमा शक्तिशाली निम्न चापीय क्षेत्र (Depression) रहेको छ।उक्त निम्न चापिय क्षेत्र अझै शक्तिशाली हुँदै पश्चिम-उत्तरपश्चिमी दिशा तर्फ सर्दै जाने देखिन्छ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असोज २ गते (सोमबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 राती: प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागहरूमा आंशिक बदली रहने छदेशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 असोज २ गते (मंगलबार)

दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 राती: देशभर मौसम सामान्यतया सफा रहनेछ।

असोज २ गते (बुधबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 राती: प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।

 

 

 




यसमा तपाइको मत


Comments