07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण 




 क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण 

एजेन्सी । पोर्चुगलका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। जुभेन्टस क्लबका अग्रपङ्तिका ३५ वर्षीय खेलाडी रोनाल्डोमा कुनै लक्षण देखिएको छैन तर उनी आइसोलेसनमा बसिरहेका छन् ।

नेसन्स लिग प्रतियोगिता अन्तर्गत बुधबाको निम्ति तय भएको स्वीडेनविरुद्धको खेलमा उनी आफ्नो राष्ट्रको टोलीबाट उनी खेल्ने छैनन् । पोर्चुगलको फुटबल महासङ्घका अनुसार पोर्चुगल टोलीका अन्य सबै खेलाडी सदस्यहरूको परीक्षण भने नेगेटिभ देखिएको छ।



Related News


यसमा तपाइको मत


Comments