07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तोलामा  ६०० रुपैयाँले घट्यो सुनको भाउ




तोलामा  ६०० रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौं, २८ असोज । सुनचाँदीको भाउ बुधबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन पनि सुन तोलामा ५०० रुपैयाँले गिरावट भई प्रतितोला ९५ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदी पनि तोलामा २० रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।



Related News


यसमा तपाइको मत


Comments