07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

आइपीएलमा दिल्ली फेरि शिर्ष स्थानमा




आइपीएलमा दिल्ली फेरि शिर्ष स्थानमा


एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेको छ । दिल्लीले निर्धारित २० ओभरमा राजस्थानसामु १६२ रनको लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङमा राजस्थानले ८ विकेटको क्षतिमा १४७ रन मात्र बनायो । ओपनरद्वय जोस बटलर र बेन स्टोक्सले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरे । जोस बटलरले २२ रन बनाए । उनलाई नोर्कियेले बोल्ड गरे । कप्तान स्टिभ स्मिथ एक रनमा क्याचआउट भए ।

त्यसपछि आएका सन्जु स्यामसन र बेन स्टोक्स मिलेर १०।३ ओभरमा स्कोर ६ रनसम्म पुर्याए । यहीँनेर बेन स्टोक्स तुसार पाण्डेको बलमा ललित यादवबाट क्याचआउट भए । राजस्थानको चौथो विकेट पनि लगत्तै खस्यो । सन्ज स्यामसन १८ बलमा २५ रन बनाएर आउट भए । उनलाई अक्षर पटेलले बोल्ड गरे । अघिल्लो म्याचमा केबल २६ बलमा नटआउट ४२ रन बनाएर हैदरावादलाई हराउनेवाला रियान पराग पनि अक्षर पटेलको बलमा रन आउट भए । त्यसपछि दिल्लीलाई ठूलो सफलता रोबिन उथप्पालाई आउट गरेपछि मिल्यो । एनरिक नोर्कियले उथप्पालाई बोल्ड गरे । उथप्पा २७ बलमा ३२ रन बनाएर पेभेलियन फर्किए ।

अन्तिम ओभरमा राजस्थानलाई जितका लागि २२ रन आवश्यक थियो । तर युवा बलर तुषार देशपाण्डेले केबल ८ रन दिए र श्रेयस गोपालको पनि विकेट लिए । राहुल तेबतिया १४ रनमा नटआउट रहे । दिल्लीका तुषारले ३७ रन खर्चिएर २ र एनरिक नोर्कियले ३३ रन दिएर २ विकेट लिए । नोर्किय म्यान अफ द म्याच भए ।

यसअघि दिल्लीका कप्तान श्रेयस अय्यरले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका थिए । दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । दिल्लीका लागि शिखर धवनले अर्धशतक पूरा गरे । उनले ३३ बलमा ६ चौका र २ छक्काको मद्दतमा ५७ रन योगदान गरे । कप्तान श्रेयस अय्यरले पनि ४३ बलमा ३ चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए । पृथ्वी शा शून्य रनमा र अजिक्य रहाणे २ रनमा आउट भएको बेला धवन र अय्यरले जितको आधार तयार पारेका थिए । बलिङतर्फ जोफ्रा आर्चरले ३ विकेट लिए ।



Related News


यसमा तपाइको मत


Comments