06 Baishak, 2081 / 18 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ट्रम्पका कान्छो छोरा पनि कोरोना संक्रमित




ट्रम्पका कान्छो छोरा पनि कोरोना संक्रमित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छो छोरा ब्यारन ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ ।  ट्रम्पकी पत्नी मेलानियाले उनीहरूका १४ वर्षीय छोरा ब्यारनलाई पनि कोरोनाभाइरस सङ्क्रमित भएर निको भएको बताएकी हुन् । 
एउटा व्यक्तिगत विज्ञप्ति जारी गर्दै प्रथम महिला मेलानियाले ब्यारनमा पनि कोभिड–१९ देखिएपछि उनीहरूको मनमा रहेको त्रास सत्यमा परिणत भएको बताएकी हुन्। तर ब्यारन बलिया किशोर भएको र उनमा कुनै लक्षण नदेखिएको मेलानियाले बताइन्।

राष्ट्रपति ट्रम्प तथा मेलानिया दुवैमा कोरोनाभाइरस सङ्क्रमण भएको थियो। ह्वाइट हाउसका अन्य कर्मचारीमा पनि सङ्क्रमण पाइएको थियो।
तर अहिले ट्रम्प र मेलानिया दुवै निको भइसकेका छन् ।
आफूमा पनि कोभिड–१९ का साधारण लक्षण देखिएको उनले बताइन्। मेलानियाले जीउ दुखेको, खोकी लागेको र थकान अनुभव भएको बताएकी छन्। उनले अरूलाई सकेसम्म स्वस्थ जीवनशैली अपनाउन सुझाव दिएकी बीबीसीले उल्लेख गरेको छ ।  उनले सन्तुलित आहार र ताजा हावा लिन अनि करुणाभाव प्रदर्शन गर्न सुझाव दिएकी छन्।

ह्वाइट हाउसको वेबसाइटमा प्रकाशित ‘कोभिड–१९ सँग मेरो व्यक्तिगत अनुभवु शीर्षकको छोटो लेख लेख्दै मेलानियाले छोरा ब्यारनको सङ्क्रमणबारे उल्लेख गरेकी हुन्। चुनावी अभियानका लागि बुधबार आयोवा जाने बेला ट्रम्पले पत्रकारसँग आफ्नो कान्छो छोराले राम्रो गरिरहेको बताएका थिए । सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश एमी कोनी ब्यारेटको नाम घोषणा गर्ने कार्यक्रमबाट ह्वाइट हाउसका उच्च अधिकारीमा संक्रमण फैलिएको अनुमान छ । अमेरिकामा ७८ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । अहिलेसम्म दुई लाख १६ हजार भन्दा बढीको मृत्यु भएको छ ।



Related News


यसमा तपाइको मत


Comments