07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

विश्वभर ३ करोड ८७ लाख कोरोना संक्रमित, २ करोड ९१ लाख संक्रमणमुक्त(अपडेट)




विश्वभर ३ करोड ८७ लाख कोरोना संक्रमित, २ करोड ९१ लाख संक्रमणमुक्त(अपडेट)


काठमाडौं, २९ असोज । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ८७ लाख नाघेको छ ।  वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट संक्रमितको संख्या  ३ करोड ८७ लाख ५६ हजार २२४ पुगेको छ । यस्तै कोरोनाबाट ज्यान गुमाउने संख्या १० लाख ९७ हजार ००२ पुगेको छ । विश्वभर २ करोड ९१ लाख ३०  हजार ७१५ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८५ लाख २८ हजार ४९७ जना रहेका छन् ।
अमेरिकामा कुल संक्रमित ८१ लाख ५० हजार ४३ जना पुगेको छ । २ लाख २१ हजार ८४३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५२ लाख ७८ हजार ७५३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ४९ हजार ४४७  जना रहेका छन् ।
भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७ हजार ९७ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ११ हजार ३११ पुगेको छ । ६३ लाख ८३ हजार ४४१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख १२ हजार ३४५ जना रहेका छन् ।
ब्राजिलमा ५१ लाख ४१ हजार ४९८ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५१ हजार ७७९ को मृत्यु भएको छ । ४५ लाख ६८ हजार ८१३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख २० हजार ९०६जना रहेका छन् ।
रुसमा १३ लाख ४० हजार ४०९  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २३ हजार २०५ जनाको मृत्यु भएको छ । १० लाख ३९ हजार ७०५  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ७७ हजार ४९९ जना रहेका छन् ।
स्पेनमा ९ लाख ३७ हजार ३११ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३३ हजार ४१३ जनाको मृत्यु भएको छ ।
अर्जेन्टिना ९ लाख ३१ हजार ९६७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २४ हजार ९२१ जनाको मृत्यु भएको छ । ७ लाख ५१ हजार १४७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ५५ हजार ९०० जना रहेका छन् ।



Related News


यसमा तपाइको मत


Comments