16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

 देशका केही स्थानमा सामान्य वर्षा हुने




 देशका केही स्थानमा सामान्य वर्षा हुने

काठमाडौं, ३० असोज । देशका केही स्थानमा शुक्रबार सामान्य वर्षा हुने सम्भावना रहेका जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । 
यस्तै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। शुक्रबार राति प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेका सूचनामा उल्लेख छ। अहिले बिहान प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। हाल उल्लेखनिय मौसमी प्रणाली नरहेको महाशाखाले जनाएको छ।

मौसम विश्लेषण (Meteorological Analysis):-

उल्लेखनिय मौसमी प्रणाली छैन ।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।

 आगामी तीन दिनको मौसम पूर्वानुमान   

असोज ३० गते (शुक्रबार)

दिउँसो : प्रदेश १,  बाग्मती  प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।प्रदेश १ , बाग्मती  प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 राती:  प्रदेश १बाग्मती  गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती   प्र देश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

 कार्तिक ०१ गते (शनिबार)

 दिउँसो : प्रदेश १बाग्मती  गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ।बाग्मती   प्रदेशगण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ-गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 कार्तिक ०२ गते (आईतबार)

 दिउँसो : प्रदेश १ बाग्मती  गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती  प्रदेश गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 राती:  प्रदेश १ बाग्मती,  गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश  गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।

 

 




यसमा तपाइको मत


Comments