07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बुढीगण्डकीमा अर्बौँ रकम भ्रष्टाचार गरेको डा.भट्टराईको अभिव्यक्ति निराधारः प्रधानमन्त्री 




बुढीगण्डकीमा अर्बौँ रकम भ्रष्टाचार गरेको डा.भट्टराईको अभिव्यक्ति निराधारः प्रधानमन्त्री 

काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बुढीगण्डकी विद्युत आयोजनाबारे गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएको बताएका छन् ।  ६५ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्णय नभएको र कसैले नलिएको आयोजनामा यति अर्ब बाँडेर खाए भन्दै निराधार कुरा गरेको बताए । 

‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको त्यो हुन्छ या हुँदैन। कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो। हामी त्यस्तो गैरजिम्मेवार र अनुत्तरदायी हुन सक्दैनौं।’

प्रधानमन्त्री ओलीले देश र जनतालाई गलत सूचना दिएर पूर्व प्रधानमन्त्री भट्टराईले भड्काउने कुचेष्टा गरेको समेत आरोप लगाए । पूर्व प्रधानमन्त्री भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली सहितका नेताले बुढीगण्डकी आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको दावी गरेका थिए । प्रधानमन्त्री ओलीले बलात्कारजस्ता अत्यन्त अमानवीय अपराधका विरुद्ध चाँडै नै नयाँ कानुन आउने पनि बताए ।

गोरखामा हालै आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले बूढीगण्डकी आयोजनामा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब बाँडेर कमिसन खाएको आरोप लगाएका थिए।



Related News


यसमा तपाइको मत


Comments