08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बाहिरियो मनसुन(यस्तो छ आजको मौसम) 




बाहिरियो मनसुन(यस्तो छ आजको मौसम) 

काठमाडौं, १ असोज । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते ९१२ जुन० देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएको हो ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भू–भागबाट असोज १५ गते (अक्टोबर १) नै बहिर्गमन भएको थियो । शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर जनाएको छ ।

नेपालबाट मनसुन बाहिरिने औसत समय सेप्टेम्बर २३ हो । यस वर्ष पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहिरहेकाले मनसुन बाहिरिन ढिलो भएको मौसमविद् बताउँछन् । गत वर्ष मनसुन अक्टोबर १२ मा बाहिरिएको थियो ।

मौसम विश्लेषण (Meteorological Analysis):

उल्लेखनीय मौसमी प्रणाली छैन।

हालको मौसमको अवस्था (Present Weather Status):

हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक वदली रही बाँकी भू-भागहरूमा सामान्यतया मौसम सफा रहको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान   

कार्तिक ०१ गते (शनिबार):

दिउँसो : प्रदेश १ र बाग्मती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा  गण्डकी, लुम्बिनी  र कर्णाली प्रदेशमा आंशिक बदली रही बाकी भू-भागहरुमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। 

राती:  प्रदेश न १ मा आंशिक देखि सामान्य बदली तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक बदली रही अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कार्तिक ०२ गते (आईतबार):

 दिउँसो : प्रदेश १,  बाग्मती, गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बाग्मती  प्रदेश  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

राती:  प्रदेश १,  बाग्मती,  गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०३ गते (सोमबार):

दिउँसो : प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 राती:  प्रदेश १,  बाग्मती  गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा लुम्बिनि प्रदेशमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

छैन ।




यसमा तपाइको मत


Comments