07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फ्रान्समा एक शिक्षकको शीर छेदन गरी हत्या




फ्रान्समा एक शिक्षकको शीर छेदन गरी हत्या

काठमाडौं, १ असोज । फ्रान्समा एक शिक्षकको शीर छेदन गरी हत्या भएको छ । स्थानीय समयअनुसार शुक्रबार साँझ करिब पाँच बजेतिर एक व्यक्तिले चक्कुले शिक्षकको शीर छेदन गरेका थिए  ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गर्न नसकेपछि गोली हान्नु परेको थियो । आक्रमणकारीको नाम खुलाइएको छैन ।फ्रान्सको सरकार र संसदले यो आक्रमणलाई आतंकवादी आक्रमण भनेका छन् । ती शिक्षकले आफ्ना विद्यार्थीहरुलाई फ्रेन्च पत्रिका शार्लि एब्दोमा छापिएको पैगम्बर मोहम्मदको कार्टन देखाएका थिए । त्यही कारण आक्रमण भएको हो वा अन्य कारण हो खुलेको छैन ।

यो आक्रमणको अनुसन्धान आतंकरोधी टिमले गरिरहेको बीबीसीले जनाएको छ । फ्रान्सका शिक्षामन्त्री ज्याँ माइकल ब्लेकरले ट्वीट गरेर शिक्षकको हत्या फ्रान्समाथि गरिएको आक्रमण भएको बताएका छन् ।

उनले यो आक्रमण आतंकवादी भएको टिप्पणी गरेका छन् । मृतकका परिवारमा समवेदना व्यक्त गर्दै शिक्षामन्त्री ब्लेकरले भनेका छन्, ‘इस्लामिक आतंकवादविरुद्धको लडाइँको जवाफ केबल एकता र दृढताबाट मात्र दिन सकिन्छ ।’ फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले घटनास्थलको भ्रमण गरेका थिए । घटनास्थल अवलोकन गरेपछि उनले क्राइसिस सेन्टर पनि बनाइएको छ ।



Related News


यसमा तपाइको मत


Comments