08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई प्रधानमन्त्रीको आग्रह 




दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई प्रधानमन्त्रीको आग्रह 


काठमाडौं, १ कात्तिक ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई अध्यक्षको निष्कर्ष मान्न कर्णालीका नेताहरुलाई आग्रह गरेका छन् । सरकारी निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने भन्दै दुई अध्यक्षबीचको छलफलले निकाल्ने निष्कर्ष मान्न आग्रह गरेका हुन् । अब चाँडै छलफल गरेर कर्णालीको विवादबारे बहस गर्ने र विवाद समाधानका लागि उचित निर्णय गरिने प्रधानमन्त्री ओलीलाई उदृत गर्दै एक नेताले बताए । 

बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सह–इन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आफ्नो भनाई राखेका थिए । 
यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका दुवै पक्षका नेताहरुसँग एक चरणमा छलफल गरेका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाभित्रको विवाद थप बढेको छ ।




यसमा तपाइको मत


Comments