07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अर्मेनिया र अजरबैजानबीच पुनः सम्झौता 




अर्मेनिया र अजरबैजानबीच पुनः सम्झौता 

एजेन्सी । अर्मेनिया र अजरबैजानबीच पुनः सम्झौता भएको छ।  विवादास्पद सीमा क्षेत्रमा जारी हिंसा अन्त्यको प्रयास स्वरुप सम्झौता भएको हो । यसअघि भएको अस्थायी शान्ति दुवै तर्फबाट उल्लंघन भएपछि मानवीय सहायताका लागि दुई देशबिच नयाँ सहमति बनेको हो । उक्त सहमति स्थानीय समय अनुसार आइतबार मध्यरातदेखि लागु हुनेछ।

गएको हप्ता भएको अस्थायी शान्ति सम्झौता उल्लंघन भए पनि सोही सम्झौतामा उल्लेख कुरा अनुसार नै नयाँ सहमति भएको हो। गएको सेप्टेम्बर अन्तिममा विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः ब्यूँतिएको थियो। पूर्व सोभियत युनियनका दुई देशबिच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भइरहेको छ। सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ।

तर त्यहाँ आदिबासी अर्मेनियनको कब्जा छ। सन् १९९० को दशकको सुरुमा भएको सीमा भिडन्तमा दशौँ हजार मानिसको ज्यान गएको थियो।

युद्धका कारण ध्वस्त भएको भग्नावशेषबाट मानिसहरुको उद्धार गर्दै उद्धारकर्मी । तस्बिर : इपिए



Related News


यसमा तपाइको मत


Comments